कीट नपाएपछि ज्वरोमात्रै नापेर क्वारेन्टाइनमा

|
गौरीफन्टा नाकामा उद्धार गरिएका नेपाली बोकेर आएको ट्रक।

डडेल्धुरा : सीमावर्ती गौरीफन्टा नाकाबाट बुधबार एकैदिन ८ सय ५८ नेपालीलाई उद्धार गरिएको छ। लकडाउनका कारण भारतमै रोकिएका नेपालीहरूलाई कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरी स्वदेश ल्याइएको हो। 

सीमामा अलपत्र परेका उनीहरुलाई बुधवार मध्यरातिसम्म उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनका अनुसार बुधबार मात्रै ८ सय ५८ जनालाई उद्धार गरिएको छ। लकडाउनका कारण नेपालमा रोकिएका ६ सय तीन जना भारतीय नागरिकलाई पनि भारत पठाइएको उनले जानकारी दिए।

सूचना अधिकारी जोशीका अनुसार कैलालीका २ सय ६०, कञ्चनपुरका २ सय तीनसहित दर्जन बढी जिल्लाका नागरिकको उद्धार गरिएको हो। सबैलाई सम्बन्धित पालिकामा पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

कैलाली र कञ्चनपुरका नागरिकलाई सम्बन्धित पालिकामा पठाइएको र अझै धनगढीमा ३ सय ९९ जनालाई राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

नवदुर्गा माविको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको र सम्बन्धित पालिकामा पठाउने तयारी भइरहेको छ। बुधबार क्वारेन्टाइनमा ल्याइएका नेपालीका लागि खानाको व्यवस्था कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले गरेका थिए। 

भएन र्‍यापिड टेस्ट 

नेपाल ल्याइएका उनीहरूको सीमामा र्‍यापिड टेस्ट भएको छैन। २ र ३ गते उद्धार गरिएका नेपालीको सीमामै र्‍यापिड टेस्ट गरिए पनि बुधबार उद्धार गरिएका नेपालीको भने टेस्ट भएको छैन। 

र्‍यापिड किट नपाएपछि ज्वरो मात्रै चेकजाँच गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.