|

काठमाडौं : चन्द्रागिरि नगरपालिका-६ का एक वडा सदस्यका आरडिटी पोजेटिभ देखिएको छ। तर, परीक्षणका क्रममा आरडिटी परीक्षण पोजेटिभ देखिएका जनप्रतिनिधि नै क्वारेन्टाइनमा नबसेर घर गएपछि प्रहरीले पक्राउ गरी ल्याएर क्वारेन्टाइनमा राखेको छ।

जनप्रतिनिधिले नै क्वारेन्टाइनमा बस्न नमान्दा अन्य मानिसहरु पनि आनाकानी गरिरहेका छन्। आरडिटी पाजेटिभ देखिएका जनप्रतिनिधि नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा नबसी घर गएको एक स्थानीयले बताए।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले भने आरडिटी परीक्षणमा पोजेटिभ देखिएका सबै क्वारेन्टाइनमा बसेको जिकिर गरे।

`निरन्तर औषधि प्रयोग गर्ने हुनाले औषधि लिन घर गएको हुनसक्छ। हिजोदिउँसो मैले उहाँलाई क्वारेन्टाइनमै देखेको थिएँ´ उनले भने, `बाहिर आएको हल्लाका विषयमा वास्तविकता के हो म बुझ्छु।´

घरबाट समातेर क्‍वारेन्टाइनमा ल्यायौँ : प्रहरी

 तर, आरडिटी परीक्षणको क्रममा पोजेटिभ देखिएका जनप्रतिनिधि क्वारेन्टाइन बस्न नमानेपछि ल्याएको थानकोट प्रहरी बिटका एक प्रहरीले बताए। `हिजो उहाँ घर जानुभएको रहेछ। तर, हामीले उहालाई क्वारेन्टाइनमा ल्याएर राखेका छौँ´ उनले भने। केही दिन अघि ३ जना कोरोना संक्रमित भेटेपछि नगरपालिकाले नगरपालिका पूरै सिल गरी आरडिटी परीक्षण थालेको थियो।

परीक्षणमा ९ जनाको आरडिटी पोजेटिभ देखिएको छ। कोरोनाको त्रासले विश्वभर आक्रान्त बनिरहेका बेलामा जनप्रतिनिधि नै क्वारेन्टाइनमा बस्न नमानेपछि स्थानीय थप त्रसित भएका छन्।

यो पनि पढ्नुस् :

नगरपालिकाको उर्दी : भाडामा बस्‍नेको कोरोना परीक्षण नगरे घरधनीलाई कारवाही

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.