प्रवास

हत्या अभियोग लागेका नेपालीलाई कतारमा मृत्युदण्ड

जेठ ८, २०७७

    काठमाडौं : कतारमा हत्या अभियोग खेपिरहेका महोत्तरी औराही १ का अनिल चौधरीलाई त्यहाँको सरकारले गोली हानी मृत्युदण्ड दिएको छ। कतारले कुनै नेपालीलाई मृत्युदण्ड दिएको पहिलो पटक हो।

    चौधरीमाथि कतारी नागरिक उमैर मोहम्मद अल रमाजानी अल नुयमीको खुकुरी प्रहार गरी हत्या आरोप लागेको थियो। सन् २०१७ अप्रिल पहिलो साता पक्राउ परेका चौधरीलाई बचाउन नेपाली दुतावासले प्रयास गरिरहेको थियो।

    अदालतमा चौधरीका पक्षमा मुद्धा लड्न दुतावासले करिब ६ लाख रुपैयाँ समेत खर्च गरेको थियो। तर तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले अनुमोदन गरेपछि चौधरीलाई मृत्युदण्ड दिएको हो। पीडितका परिवारले पनि चौधरीलाई माफी दिन अस्वीकार गरेका थिए। 

    चौधरी सन् २०१५ अगष्ट २७ तारिखमा कतार गएका थिए। उनी त्यहाँ कार सफा गर्ने कम्पनीमा कार्यरत थिए।

    मृत्युदण्ड पाएका चौधरीको शवलाई हाल अस्पतालमा राखिएको र नेपाल पठाउन कतारी प्रशासनले अनुमति दिएको बताइएको छ।

    अदालती बयानका क्रममा चौधरीले आत्मसुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]