ट्‍विटर ट्रेण्डिङ नम्बर वानमा 'आइ एम विथ मनीषा कोइराला'

|

काठमाडौं : भारतीय नागरिक प्राध्यापक तथा अनुसन्धानकर्ता अशोक स्वैनले नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन्। उनले आफ्नो ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै यो प्रकरणलाई ‘नक्सा युद्ध’ पनि भनेका छन्।

स्विडेनको उप्साला विश्व विद्यालयमा शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापक उनले लेखेका छन्,‘भारतले नेपालको नयाँ नक्सा अस्वीकार गर्‍यो। भारतले यसलाई स्वीकार गर्छ भन्ने कसैलाई लागेको पनि थिएन।‘यो ‘नक्सा युद्ध’ कसले सुरु गरेको हो? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फी रूपमा  नयाँ राजनीतिक नक्सा ल्याउनुपरेको थियो? यो शक्तिले उन्माद मोदीद्वारा कश्मीरको नक्सा पुनः तयार गर्नका लागि थियो। तर, नेपाल कश्मीर होइन।’

ट्वी‍टर ट्रेण्डिङ नम्बर वानमा आईएम वीथ मनिषा कोइराला

भारतीय सञ्चारमाध्यमले बलिउड अभिनेत्री मनिषा कोइरालाको चर्को आलोचना गर्दै आइहेका छन्। नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई री-टवीट  गरेर नेपालले नयाँ नक्सा जारी गरेकाेमा खुसी व्यक्त गरेकी उनीमाथि भारतीय सञ्चारमाध्य खनिएका छन्। नेपालमा भने उनको सम्मान र उनीप्रति सद्भाव बढेकाे छ।

नेपालमा उनको समर्थनका सामाजिक सामाजिक सञ्जाल भरिएकाे छ। सामाजिक सञ्जाल ट्वीटरको ट्रेण्डिङमा उनी लगातार एक नम्बरमा रहेकी छन्। ह्यास ट्याग आईएम वीथ मनिषा कोइराला ट्रेण्डिङ नम्बरमा  छ।  ह्यास ट्यागमा हजाराैँ ट्वीट भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.