गाेलकाे खुसीयाली र थुक्न खेलाडीलाई प्रतिबन्ध

|

एजेन्सी : कोरोना भाइरसको महामारीबीच राष्ट्रिय लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी मुलुक बनेको छ। 

खाली रंगशालामा अतिरिक्त खेलाडीसहित लिगा एफपिडी पुनः सुचारु भएको हो। कोस्टारिकामा मार्च ६ मा पहिलो पटक संक्रमण देखिएको थियो। त्यसको ९ दिनपछि सन २०२० को लिग १५ औं चरणको खेलपछि स्थगित भएको थियो। 

पुन सुचारु भएको लिगको पहिलो खेलमा गुवाडालुपेले लिमोनलाई १–० ले हरायो। गुवाडालुपेको जितमा ९ औं मिनेटमा अर्टुरो क्याम्पोसले गोल गरेका थिए। ‘फेरि खेल्न गाह्रो छ। हामी असहज महसुुस गरिरहेका छौं। तर खेलमा फर्कंदा खुसी छौं,’ गोल स्कोरर क्याम्पसोसले भने।

लिगको १६ औं चरणको पहिलो दिन ३ खेल सम्पन्न भएका थिए। जसमा कार्टाहिनेसलाई अलाजुलेन्सलाई २–० ले हरायो। त्यसैगरी म्युनिसिपल ग्रेसियाले पेरेज जेलेडनलाई १–० ले हरायो। दोेश्रो दिनको खेलमा सान्तोष डे गुप्लेसले ला यु युनिर्भसिटेरियोलाई ३–१ ले हरायो। 

त्यस्तै जिक्रालले सान कार्लोसलाई र लिग लिडर डेपोटिभो साप्रिसाले हेरेडियानोलाई समान १–० ले हरायो। नेपाली समयअनुसार मे २४ तारिखबाट लिगको १७ औं चरणको खेलहरु सुरु हुनेछन्।

लिगा एफपिडीमा १२ टोलीबीच कडा स्वास्थ्य प्रोटोकलका बीच मे १५ बाट प्रशिक्षण सुरु भएको थियो। कोरोनापछि सुचारु भएको लिगमा केही नियम परिमार्जन भएका छन्। जुन जर्मन बुन्डेसलिगासँग मिल्दोजुल्दो छ। नयाँ निमय अनुसार गोलको खुसियालीमा एक अर्काबीच अंकमाल गर्न प्रतिबन्ध लगाइएको छ। 

प्रशिक्षक, अतिरिक्त खेलाडी र कोचिङ स्टाफले बेन्चमा सामाजिक दूरी कामय गरेर मास्क लगाएर बस्नुपर्नेछ। यद्यपि कहिलेकाहीँ प्रशिक्षकले खेलाडीलाई निर्देशन दिन मास्क हटाउँथे। 

फिफाको आधिकारिक निर्णयपछि प्रत्येक टोलीले ५ खेलाडी परिवर्तन गर्न पाउने भएका छन्। र रंगशाला प्रवेश गर्ने सबैले नेसनल युनियन अफ क्लब अफ फस्र्ट डिभिजन (अनफुट) र कोस्टारिकन फुटबल महासंघ (फेडफुटबोल) को प्रोटोकलको रुपमा शारीरिक तापक्रम जाँच गरिएको थियो। 

फिफाको नयाँ प्रोटोकल अनुसार खेलाडीहरुलाई मैदानमा अंकमाल गर्न र थुक्न मनाही गरिएको छ। म्याच बल खेल सुरु हुनुभन्दा अघि र मध्यान्तरमा सेनिटाइज गरिएको हुनुपर्ने छ। 

कोरोना भाइरसको महामारीपछि विश्वभरका खेलकुदका गतिविधि झन्डै २ महिना ठप्प भएपछि पुनः सुचारु हुने तरखरमा छन्। भरखरै जर्मन बुन्डेसलिगा पुन ः सुचारु हुने पहिलो उच्च प्रोफाइलको प्रतियोगिता बनेको छ। २९ फेब्रुअरीबाट सुरु हुनुपर्ने ३८ औ संस्करणको दक्षिण कोरियाको के लिग ८ मार्चबाट सुरु भएको छ। 
यस बीचमा ला लिगा, प्रिमियर लिगका साथै इटालियन सिरिएका फुटबल सत्रहरु फेरि कसरी सुरु गर्ने भन्ने बारेमा छलफलमा छन्।

देशहरुले विस्तारै खेलाडीहरुलाई  प्रशिक्षणमा फर्कन अनुमति दिएका छन्। जसकारण उनीहरु फुटबल सत्र संचालनको प्रतीक्षामा छन्। सम्भवत आगामी जुनदेखि रोकिएका उच्च स्तरका लिग फुटबलहरु सुरु हुनेछन्। 

हालसम्म कोस्टारिकामा कोरोनाको ८ सय ९७ वटा संक्रमण् देखिएको छ। जसमा १० जनाको ज्यान गएको छ भने ५ सय ८२ जना उपचारपछि घर फर्किएका छन्। कोरोनाका कारण अहिले विश्वभर करिब ४८ लाख मानिसहरु संक्रमित  भएका छन्। ३ लाख भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.