|

सर्लाही : आज शुक्रबार थप भएका ३० कोरोना संक्रमितमध्ये सर्लाहीकै १५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

सर्लाहीमा थप भएका कोरोना संक्रमित गोडैता नगरपालिका र रामनगर अहुअर्वा नगरपालिकाका रहेका छन्। उनीहरु २२ देखि ३९ वर्षीय पुरुष र एक १८ वर्षीया महिला छन्।

गोडैता नगरपालिका ८, ९, ११, १३, १४ का र रामनगर वडा नम्बर ७ का गरी १५ जना रहेका बताइएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.