|

बुटवल : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेका कपिलवस्तुका ९ जना संक्रमितमध्ये २ जना पत्रकारहरु रहेको खुलेको छ। 

मन्त्रालयले शुक्रबार पुष्टी गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए।  थपिएका ९ जना मध्ये २ जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए। उनीहरू बाणगंगा नगरपालिका वडा नं ८ का २४ बर्षीय पुरुष र कपिलवस्तु नगरपालिका वडा नं ३ का २९ बर्षीय पुरुष रहेको उनले जानकारी दिए। 

बाँकी ८ जना संक्रमितमध्ये वाणगंगा नगरपालिका वडा नं ७, ५, १० र ४ का क्रमशः ५३ बर्षीय पुरुष, २७ बर्षीय पुरुष, २५ बर्षीय पुरुष र ८ बर्षीया बालिका रहेका छन्। 
त्यस्तै मायादेवी गाउँपालिका वडा नं ४ मा ४५ बर्षीय पुरुष र वडा नं ५ मा ३४ बर्षीय र ३६ बर्षीय पुरुषमा संक्रमण भएको पाइएको हो।  संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका  जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ। हालसम्म कपिलवस्तुमा ६९ जना संक्रमित पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.