थपिएका सबै पुरुष

|

बुटवल : रुपन्देहीमा शुक्रबार सात जना थप कोरोना संक्रमित फेला परेका छन्। 

जिल्लाको गैडहवा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बस्ने सात जनामा कोरोना संक्रमण भेटिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख राजेन्द्र गिरीले जानकारी दिए। 

यद्यपि, स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी नै छ। शुक्रबार संक्रमण पुष्टि भएका सबै सातै जना पुरुष हुन्।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख गिरीका अनुसार उनीहरू ३ देखि ४० वर्षका छन्। 

उनका अनुसार सबैजना भारतबाट हालै नेपाल आएकाहरू हुन्। उनीहरू सबै क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा नै रहेको उनले बताए। योसँगै रुपन्देहीमा २९ जना संक्रमित रहेकोमा नयाँ थपिएपछि संक्रमितको संख्या ३६ पुगेको छ। बुटवलमा बनाइएको कोरोना विशेष अस्पतालमा उपचारपछि एकजना डिस्चार्ज भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.