संक्रमित बाहिरी जिल्ला तथा देश कतै गएका थिएनन्

|

डडेल्धुरा : डडेल्धुरामा कोरोना संक्रमण पोजिटिभ देखिएका युवक सरकारी कर्मचारी भएको खुलेको छ।

उनी जिल्ला सदरमुकामको एक सरकारी कार्यालयमा काम कर्मचारी भएको खुलेको हो। डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय ती युवकमा शुक्रबार कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो।

स्क्रब टाइफसको औषधि गर्न पुग्दा कोरोना 

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका युवक उपचार गरी घर फर्केका थिए। उक्त युवाको स्वाब सकंलन परीक्षणपछि कोरोना पोजिटिभ देखिएको छ। 

उनी वैशाख २८ जिल्लाको परशुराम नगरपालिकाबाट डडेल्धुरा सदरमुकाम आएको बाहेक अरु यात्रा गरेको हिस्ट्री खुलेको छैन। बाहिरी देश तथा जिल्ला नगएकाले संक्रमण कहाँबाट भएको भने अहिले स्वास्थ्यकर्मीहले खोजी गरिएको छन्। 

डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको अस्पालले जनाएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिश विष्टका अनुसार उनी जेठ ६ गते स्क्रब टाइफसको समस्या लिएर डडेल्धुरा अस्पतालमा पुगेका थिए।

त्योसँगै चिकित्सकलाई शंका लागि कोरोना परीक्षणका लागि समेत ६ गते नै स्वाब सकंलन गरिएको डडेल्धुरा अस्पतालले जनाएको छ। स्वाब सकंलनपश्चात भने युवकलाई स्क्रब टाइफसको उपचार गरी घर छाडिएको हो।

‘उनमा ज्वरो आएको थियो। हामीले त्यही बेला स्वाब संकलन गरेका थियौं’, निमित्त सुपरिटेन्डेन्ट विष्टले भने, ‘त्यो बेला उनमा स्क्रब टाइफस पोजेटिभ देखाएको थियो। आज कोरोनाको संक्रमण पुष्टि भएको छ।’ 

अस्पतालको लापरवाही !

उनलाई स्वाब सकंलनपश्चात क्वारेन्टाइन वा आइसोलेसनमा राख्नुपर्ने भएता पनि स्क्रब टाइफसको औषधि दिएर पठाउँदा अस्पतालले लापरवाही गरेको देखिन्छ।परशुराम नगरपालिकाका संक्रमित युवाको डडेल्धुरा अस्पतालमा स्वाब संकलन गरिएको अस्पतालले पिसिआर रिपोर्ट सकंलन गरेर उनलाई छोडेको खुल्न आएको छ। 

यसरी अस्पतालले चरम लापरवाही गर्दा संक्रमित व्यक्तिले अन्यलाई पनि सारेको हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन्। उनलाई अहिले डडेल्धुरा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

आवास सिल

संक्रमित युवक बस्ने आवास तथा चार सरकारी कार्यालय सिल गरिएको डडेल्धुरा प्रहरीले जनाएको छ। कन्याक्ट ट्रेसिङको काम समेत सुरु भएको छ। संक्रमितसँगै आवास बस्ने तथा अरु कर्मचारीहरुको नामावाली स्वास्थ्यकर्मीले तयार गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.