|

काठमाडाैं : नेपाल–भारत सीमा विवादबारे बलिउड नायिका मनिषा कोइरालाको टिप्पणीप्रति मिजोरम भारतका पूर्वगभर्नर स्वारज कौशलले गरेको आपत्तिलाई नेपाली कांग्रेसका नेता गगन थापाले कमजोर विचारको संज्ञा दिएका छन्। 

कोइरालाले नेपाल–भारत सीमा विवाद हल गर्न चीनसहित तीनै देशबीच वार्ता हुनुपर्छ भनी केही दिनअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा गरिएको ट्विटमा रिट्विट गरेकी थिइन्। 

‘मनिषा कोइरालाको ट्विटलाई विचारहीन र भड्काउपूर्ण देख्नुले यस मामिलामा तपाईंको विचार कति कमजोर रहेछ भन्ने दर्शाउँछ,’ थापाले भनेका छन्, ‘नेपालको हरेक कदम चीनबाट निर्देशित हुनेगर्छ भन्ने भ्रम नपाल्नू।’ 

उनले अगाडि लेखेका छन् – हामीले जहिल्यै छलफल गरौंभन्दा भारतले आलटाल गरिराख्यो। इपिजी रिपोर्ट पनि बुझेन। गत २ नोभम्बरमा भारतले नयाँ नक्सा छाप्यो। नेपालको भूमिसमेत समेटेर नक्सा छापिएपछि नेपालले आपत्ति जनायो।’

केही दिनदेखि भारतीय मिडिया तथा भारतमा नेपालले जारी गरेको नक्सालाई लिएर तीव्र विवाद चुलिएको छ। यसले भारत तथा नेपालका कूटनीतिक तथा राजनीतिक ठूलै हलचल मच्चाएको छ। 

सोही सन्दर्भलाई लिएर भारतका पूर्व विदेशमन्त्री स्वर्गीय सुष्मा स्वराजका पतिसमेत रहेका कौशलले बलिउड अभिनेत्री मनिषा कोइरालाको ट्विटप्रति आक्रोश पोखेका थिए। थापाले भनेका छन्, ‘फेरि पनि भारतले सुनेन, उल्टै सडक निर्माणमा लागिराख्यो।’

भारतले बेवास्ता गरेपछि, नेपालका सदन, दलहरू र सरकार नयाँ लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा प्रकाशन गर्ने निर्णयमा पुगेका हुन्।

'आशा गर्छु, भारतले दुइ देशबीचको मित्रताको आधार पारस्परिक सम्मान र समानता हो भन्ने बुझ्नेछ। कोही सानो कोही ठूलो छैन,' थापाले लेखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.