मिर्गाैलाका पुरानो बिरामी भएको जानकारी

|

बुटवल : भारतमा मजदूरी गरी फर्कने क्रममा भारतीय भारतीय क्‍वारेन्टाइनमा रहेका एक नेपालीको शनिबार मृत्यु भएको छ। लकडाउनमा सीमाबाट नेपाल छिर्न नपाएका ती नेपालीको नौतनवास्थित राजिव गान्धी पीजी क्याम्पसमा बनाइएको क्‍वारेन्टाइनमा बिहान मृत्यु भएको हो। 

उनको मृत्यु भएको क्‍वारेन्टाइन सीमावर्ती क्षेत्र सुनौली नजिकको अर्को व्यापारिक केन्द्र नौतनवामा पर्छ। मृत्यु हुनेमा स्याङ्जा हरिनाथ नगरपालिका–२ चिसापानीका ३५ वर्षीय देवबहादुर थापा रहेका जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। 

हिँड्दै सीमासम्म आइपुगेका उनलाई सीमाबाट प्रवेश गर्न लाग्दै गर्दा बेलहिया नाकाको सिमानाबाट केही दिनअघि फर्काएर भारतको उक्त क्‍वारेन्टाइनमा राखिएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतक थापा भारतको दिल्ली नजिकैको अलिगढ भन्ने स्थानमा रोजगारी गर्ने गरेको र उनी मृगौलाको बिरामी भए पनि पछिल्लो पटक हर्नियाको पनि बिरामी रहेको जनाएका छन्। 

उनमा कोरोना संक्रमण थियो थिएन भन्नेबारे केही पनि जानकारी नभएको उनले बताए। भारतको महाराजगन्जस्थित अस्पतालमै मृतकको पोस्टमार्टम भइरहेको पन्थले बताए। थापालाई सन्चो नभएपछि हिजो शुक्रबार भारतको महाराजगन्ज जिल्लाको सदरमुकामस्थित अस्पतालमा उपचार गर्न लगिएको प्रजिअ पन्थले जानकारी दिए। 

औषधिसहित साँझ क्‍वारेन्टाइनमा फर्केका थापाको शनिबार बिहान मृत्यु भएको आफूले जानकारी पाएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.