|

काठमाडौं :  नेपाल इजरायल चेम्बर अफ कर्मस एन्ड इन्डष्ट्रिज (एनआईसिसिआई) र इजरायल एसीया चेम्बर अफ कर्मस (आईएसीसी) बीच सहकार्यका लागि सम्झौता भएको छ। 

सम्झौतामा एनआईसीसीआइको तफबाट अध्यक्ष शिशिर भट्ट र आईएसीसी तर्फबाट उपाअध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरेका छन। इजरायल एसीया चेम्बर अफ कर्मस अन्तर्गत इजरायल नेपाल चेम्बर अफ कर्मसको अध्यक्षता अनात बर्नस्टेन रेचले गर्नेछन्। एनआईसीसीआई र आईएसीसी बिच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायतका विभिन्न आर्थिक सहकार्य बृद्धि गर्न सम्झौता भएको हो। 

इजरायल स्थित नेपाली राजदुत डा अन्जान शाक्यको समन्वयमा सो सम्झौता भएको हो। सो अवसरमा राजदुत शाक्यले दुई संस्था बिच सम्पन्न सम्झौताका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आर्थिक विकासका सहकार्य गर्न अझ सहज भएको बताई । सो अवसरमा राजदुत शाक्यले नेपाल र इजरायलका महिला उद्यमीको सशक्तिकरणमा काम गर्नु पर्ने कुरामा समेत जोड दिईन। सो अवसरमा र्भचुवल सम्बाद गदै नेपाल इजरायल चेम्बर अफ कर्मसका अध्यक्ष शिशिर भट्टले नेपाल र इजरायल बिच ६० वर्ष अघि शुरु भएको कुटनितिक सम्बन्धको स्मरण गदै यो सम्झौताले दुई देशको बिच ब्यापारिक तवरमा यातायात, कृषि, पुर्वाधार, जलबिद्युत, शिक्षा लगायतका क्षेत्रमा द्विपक्षिय सहयोग आदान प्रदान प्रदान हुने बताए।

राजदूत शाक्यलाई ‘एम्बेस्डर अफ इयर सम्मान

एम्बेसेडर क्लब अफ इजरायलकले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा तेल अबिब स्थित नेपाली राजदुत अञ्जन शाक्यलाई ‘एम्बेस्डर अफ इयर २०१९–२०२० सम्मान गरेको छ। इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो।

एम्बेसेडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनितिक नियोगहरु मध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले शाक्यको पक्षमा मत जाहेर गरेको हुनाले सम्मान गने जनाएको छ। 

सो सम्मानका क्रममा अन्य तिन बिधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ। सो अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो। उक्त अवार्डबाट सम्मानित हुने डा शाक्य एशियाकै पहिलो राजदुत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.