|

काठमाडौं : अमेरिकामा एक नेपालीकोनिधन भएको छ।  फ्लुगरभिलमा बसोबास गर्दै आएका चन्द्र कडेलको ६३ वर्षको उमेरमा निधन भएको ग्रेटर अस्टिन नेपाली सोसाईटीले जनाएको छ। 

गत बुधबार सुतिरहेकै अबस्थामा हृदयघातका कारण उनको निधन भएको उनको परिवारले जनाएका छन्।  २०१३ सालमा धरानमा जन्मिएका कडेल बिगत २० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपालमा गार्मेण्ट्स ब्यवसायी कडेल अमेरिकामा ग्रोसरी ब्यवसाय गर्दै आएका थिए।

स्वर्गीय कडेलको श्रीमती, एक छोरा र दुई छोरी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.