पत्रकारले विवाद बढाएको बताएकी थिइन्
पत्रकारले विवाद बढाएको बताएकी थिइन्
काठमाडौं : नेपाल र भारतबीच उत्पन्न सीमा विवादबारे विवादित अभिव्यक्ति दिएपछि नायिका वर्षा राउतमाथि गालीक वर्षा भइरहेको छ। अर्की नायिका प्रियंका कार्कीसँगको भिडियो सम्बादका क्रममा एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को आलोचना भइरहको छ।
उक्त भिडियो क्लिपमा नेपाल-भारत सीमा विवाद दुई देशबीच रहेकोले 'टेबल टक' गरेर हल गर्न आवश्यक रहेको उनले बताएकी छिन। 'सीमा विवादबारे दुवै देशका पत्रकारहरुले जनताबीच विवाद उत्पन्न गराएका छन', उनले भनेकी छिन्, 'यो त राम्रो भएन, वार्ता गरेर समाधान गर्नुपर्यो। अब मैले मेरा भारतीय साथीसँग कसरी फेस देखाउनू।'
यो विवादका कारण आफूले भारतीय साथीसँग बोल्न नसकेको उनले बताएकी थिइन्। 'मेरा भारतीय साथीहरु पनि कसरी बोल्ने भन्ने समस्या भएको छ', प्रियंकासँगको सम्वादमा उनले भनेकी छन्।
उनको यो भिडियो क्लिपलाई लिएर सामाजिक सञ्जालमा गालीको वर्षा सुरु भएको छ। एक जना लेख्छन्, 'यहाँ देशको छ चिन्ता, तिमी साथी साथी भन्छ्यौ।'
कति सामाजिक सञ्जा प्रयोगकर्ता भारतलाई लिपुलेक फिर्ता दिएर बर्षा राउतलाई भारत लैजान भनिरहेका छन्।
त्यस्तै, अर्का फेसबुक प्रयोगकर्ता भन्छन्, 'यो अटेन्सन सिकरको पराकाष्ठा हो।' भारतले नेपालको लिम्पियाधुरासहितको सीमा अतिक्रमण गरेपछि सरकारले नयाँ नक्सा पनि सार्वजनिक गरेको छ।
यसअघि नेपाली नायिक मनीषा कोइरालाले आफ्नो भूमि फिर्ताका लागि नेपाल सरकारले गरेको पहलको समर्थन गरेपछि भारतीय मिडियाको निशाना बनेकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।