मोबाइल र टिभीको लतबाट छुटाउन यसो गर्नुस्

|

काठमाडौं : लकडाउनले अहिले सबै विद्यालय बन्द छन्। बालबालिकाहरू दुई महिनादेखि स्कुल जान नपाई घरभित्रै थुनिएर बस्न बाध्य छन्। अर्कातिर कोरोना त्रास उनीहरूमा छ। यी विभिन्‍न कारणले उनीहरुको मानसिक समस्या उत्पन्न भएको हुन सक्छ।

कतिपय बालबालिकाहरुले अभिभावकका कुराहरु समेत अहिले टेर्न छोडिसकेका छन्। लकडाउनमा बालबालिकाको बाल मनोविज्ञान कसरी जोगाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुले विभिन्न सुझाव दिएका छन्।

बालबालिकालाई बढी खुसी पार्नुपर्छ’

मनोविश्लेक वासु आचार्यका अनुसार बालबालिकाको बाल मनोविज्ञान जोगाउनका लागि अभिभावकले आफ्ना छोराछोरीका लागि बढीभन्दा बढी खुसी पार्ने प्रयास गर्नुपर्छ। बालबालिकालाई घरमा पनि सजिलै रहेछ भन्ने महसुस गराउन दिनुपर्छ। कथा, कविता, गीतलगायत रुचिका विषयवस्तुसँग जोडेर बालबालिकाहरूलाई मनोरञ्जन दिनुपर्छ।

‘बालबालिकाको बाहिरी खुसी खोसिँदा अहिले उनीहरुमा धेरै असर पुगेको छ,’ उनले भने,‘बाहिरका समकक्षी भेट्न पाएका छैनन्। यस्तो बेलामा बालबालिकाको इच्छा, चाहनामा उनीहरुलाई नै प्रयोग गरेर खुसी पार्नुपर्छ। ज्ञान, विज्ञान र बौद्धिक क्रियाकलाप सिकाउनुपर्छ। बालबालिकाको सोच, इच्छा र चाहानामा  अभिभावकले नै ध्यान पुर्‍याउनुपर्छ।’

उनका अनुसार यो संकटमा बालबालिकालाई पढ् पढ् भनेर बारम्बार दबाब दिनु हुँदैन। यस्तोभन्दा झनै उनीहरुको मानसिकमा असर पुग्छ।

त्यसैले के के गर्दा बालबालिका खुसी हुन्छन् भनी त्यही अनुसारको गतिविधि अभिभावकले गर्ने र गराउनुपर्छ। यसो गर्दा मानसिक समस्याबाट उनीहरु टाढा रहन्छन्। उनले भने,‘बिहान उठ्नेबित्तिकै छोराछोरीलाई माया,ममता दिनुपर्छ। निश्चित समय सम्म युट्युवमा कार्टुन जस्ता मन लाग्ने खालका भिडियो हेर्नदिनुपर्छ। बालबालिकालाई हसाउने दुःख पार्ने सबै अभिभावककै हातमा हुन्छ।’ लकडाउनको बेला अभिभावकले जानेका कुराहरु हसाउँदै सिकाउदा पनि मानसिक समस्याबाट जोगाउन सकिने उनले बताए। 

बालबालिकालाई टिभी र मोबाइलबाट कसरी टाढा राख्‍ने?

मनोविश्लेक आचार्यका अनुसार बालबालिकालाई दैनिक मोबाइल र टिभी हेर्न दिँदा पनि मानसिक समस्यामा गुज्रिन्छन्। उनले भने, ‘अहिले मोबाइल,टिभी हेर्न दिँदा उनीहरुलाई मनोरञ्‍जन हुन्छ। पछि गएर त्यसैमा झुमिन सक्छन्। पढाइमा असर पुग्छ। सोच्ने सक्ने क्षमतामा बाधा पुग्छ। व्यवहार जान्दैनन्।’

उनका अनुसार यो समस्याबाट बचाउन मोबाइल र टिभी कमभन्दा कम हेर्न र प्रयोग गर्न दिनुपर्छ। अरू समयमा बढी एक्स्ट्रा गतिविधिमा गर्न प्रयास गर्नुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.