जम्मा संक्रमित ५८४, निको हुने ७०, मृतक संख्या ३

|

काठमाडौं : पछिल्लो १५ दिनयता कोरोना संक्रमितकको संख्या ह्‍वात्तै बढेर गएको छ। पहिलो संक्रमणपछि दोस्रो संक्रमित भेटिन करिब तीन महिना लागेको थियो।

त्यसैगरी १ सय जना संक्रमित पुग्न करिब ४ महिना लागेको अवस्थामा एक महिनायता संक्रमितको संख्या दोब्बर गतिमा बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ।

संक्रमितहरुमध्ये सबैभन्दा धेरै ५ सय ५ जना पुरुष छन्। पुरुषको तुलनामा महिलाको संख्या केबल ७९ जना रहेको छ। यसबीचमा ८७ जना निको भएर घर फर्किएका छन्। चार महिनासम्म कोरोना संक्रमितले ज्यान गुमाएका थिएनन्। तर १५ दिनयता मात्रै तीन जना संक्रमितले ज्यान गुमाइसकेका छन्। 

कोरोना संक्रमण फैलिएर यतिबेला देशका ४२ जिल्लामा पुगिसकेको छ। सबैभन्दा धैरै प्रदेश २ र प्रदेश ५ मा संक्रमित भेटिएका छन्। यस्तै गण्डकी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा संक्रमितको संख्या अन्यको तुलनामा न्यून छ। 

प्रदेश ५ मा धेरै 

प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित देखिएको छ। कपिलवस्तु जिल्लामा ७७, नवलपरासी ६,बर्दिया ३, बाँकेमा १४२, रुपन्देही ३७, दाङ ५ र गुल्मीमा १ जना देखिएको छ। बाँकेबाट २१ र रुपन्देहीबाट १ जना निको भएर घर गइसकेका छन्। बाँकेमा १ संक्रमित युवक र गुल्मीमा १ जनाको मृत्यु भइसकेको छ।

त्यसैगरी, प्रदेश २ मा कोरोना संक्रमित १ सय ७२ रहेका छन्। प्रदेशभर सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा रहेका स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ।

पर्समा ९१, सर्लाही ३३, रौतहट २२, बारा ११, धनुषा ९, महोत्तरी ३, सप्तरी २ र सिरहामा १ जना संक्रमित छन्। पर्साबाट ४, धनुषा १ र रौतहटबाट १ जना निको भएका छन्।

प्रदेश १ मा ८६ जनामा कोरोना संक्रमित देखिएको छ। झापामा ३६, उदयपुर ३३, धनकुटा ७, मोरङ ५, सुनसरी ३, भोजपुरमा १ र खोटाङ १ जनामा देखिएको छ। २६ जना निको भएर गइसकेका छन्। उदयपुरको २३,  झापा २ र भोजपुरमा १ जना निको भएर घर गइसकेका छन्।

बागती प्रदेशमा ३२ कोरोना संक्रमित छन्। सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा ११ रहेका छन्। चितवन ६, भक्तपुर ४, धादिङ ३, मकवानपुर ३, काभ्रेपलाञ्चोक १, रामेछाप १, ललितपुर १, सिन्धुपाल्चोक १ र सिन्धुलीमा १ जना छन्। पछिल्लो पटक नुवाकोटमा एकजना संक्रमित थपिएका छन्। 

काठमाडौंबाट ४ जना निको भइसकेका छन्। चितवनमा २, धादिङ १ र भक्तपुरमा २ जना निको भइसकेका छन्। सिन्धुपाल्चोककी १ महिलाको मृत्यु भइसकेको छ।

सुदूरपश्‍चिममा मा १५ जनामा कोरोना संक्रमण देखिएको छ। कैलालीमा ७, बैतडी ५, डडेलधुरामा १, कञ्चनपुरमा १ अछामका १ जना काेराेना संक्रमित फेला परिसकेका छन्। 

त्यसैगरी गण्डकी प्रदेशमा ५ जना संक्रमित पाइएका छन्। नवलपरासीपूर्वमा २ जना, बाग्लुङमा २ र लमजुङमा १ जनामा देखिएको छ। कर्णाली प्रदेशमा सबैभन्दा थोरै संक्रमित देखिएका छन्। कर्णालीकाे दैलेखमा १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.