|

डडेल्धुरा : शनिबार लकडाउनको ६१ औं दिन। डडेल्धुरा सदरमुकाम सुनसान बनेको छ। जिल्लाको मुख्य बागबजार, तुफानडाँडालगायत अन्य चहलपहल हुने स्थान चहलपहल छँदै छैन। 

डडेल्धुराका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँका स्थानीय बाहिर निस्कका छैनन्। डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय ती युवकमा शुक्रबार कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो। 

केही दिनअघिसम्म सडकमा फाट्टफुट्ट हिँड्ने स्थानीय शनिबार भने देखिएनन्। सडकमा सुरक्षाकर्मीहरूको पनि बाक्लो उपस्थिति छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले अतिआवश्यक कामका लागि चलिरहेका सवारीसाधनलाई कडाइका साथ चेकजाँच गरिहेका छन्। 

भारतमा रहेका नेपाली लिन यहाँका स्थानीय तहले तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बस पठाइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.