|

सुर्खेत : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन (छैठौं अधिवेशन) शुरु भएको छ। अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले क्षेत्रीय विकास कोष सरकारलाई फिर्ता  गर्न तयार रहेको बताएको छ।

आइतबारदेखि शुरु भएको कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल संसदीय दलका नेता  जीवनबहादुर शाहीले कर्णाली प्रदेशसभाका सदस्यहरुले खर्च गर्ने क्षेत्रीय विकास कोषको पैसा कोरोनाविरुद्ध लड्नको लागि प्रदेश सरकारलाई दिन तयार भएको बताएका हुन्। 

कर्णालीवासीलाई भोकै राख्‍नु हुँदैन

क्षेत्रीय विकास कोष सरकारलाई दिनुपरे पनि हामी पछि पर्ने छैनौँ, उनले भने, ‘कर्णालीवासीलाई भोकै बस्न दिनु हुँदैन।’ उनले सरकारले स्थानीय रैथाने बाली र अन्नलाई सम्मान गर्न र प्रयोग गर्नु पर्नेमा जोड गर्न आग्रह गरे।

उनले पार्टीबीच आपसी मतभेद हुँदाहुँदै पनि राष्ट्रियताका लागि एक जुट हुनुपर्ने र कोरोनाका लागि एकजुट हुने पर्ने अवस्था आएको बताए। विदेशमा रहेका नागरिक ल्याउने कुरामा संघिय सरकारको भूमिका बढी हुने र देशका बोर्डरमा आएकालाई सम्बन्धीत प्रदेश सरकारले उद्धार गर्नुपर्ने उनको भनाइ छ।
शाहीले क्वारेन्टनको व्यवस्थापनमा समस्या देखिएको बताए। सरकारले सल्लाह सुझाव लिएर काम गर्न नसकेको उनको आरोप छ। 

सरकारले उपदेश मात्र बाँड्यो

सरकार काम गर्नुभन्दा पनि हेलिकप्टर चढ्ने, अविर जात्रा गर्ने, तथा भाषण र उपदेश बाँड्न लागेको आरोप उनको छ। कर्णााली कोरोना मुक्त बनाउँछु भन्ने तर भाषण गरेर सोही अनुसारको काम गर्न नसक्ने देखीयो, उनले भने यो राम्रो भएन। शाहीले सरकारको खर्चमा भएका काम मन्त्रीहरुले आफूले पकेटबाट खर्च गरेर गरे जस्तै गरेर प्रचारबाजी गरेको आरोप लगाए।

‘जनताको लागि सरकारले गरेको कामलाई व्यक्तिले गरेको भनेर प्रचार गर्ने गरिएको छ , आफ्नै पकेटबाट खर्च गरे जस्तो गरी प्रचार गर्ने काम भएको छ’, उनले भने, ‘आफ्ना नजिकका डाक्टरलाई आफ्नो क्षेत्रमा लिने तर अरुको क्षेत्रमा बेवास्ता गर्ने काम भएको यस्तो अवस्था किन आयो ?’ सरकारले काम गर्दा ढंग नपुर्याएको उनको आरोप छ।

यसैगरी सत्तारुढ दल नेकपाका प्रदेश सभा सदस्य यामलाल कँडेलले सरकारले गरेको सही काममा असहयोग कतैबाट नहुने बताए। उनले सरकारले आफैले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको आरोप लगाए।

कँडेलले पनि कोरोना भाइरस (कोभिड १९) सम्बन्धि गरिएको लकडाउनको पालना गराउन समेत असक्षम रहेको बताए। प्रदेशसभाको अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को संसदीयदलका नेतायमलाल कँडेलले उनले कठिन घडीको आफ्नो जिम्मेवारी पूर्ण रुपमा काम गर्न सरकारलाई आग्रह गरेका छन्। अहिले कोरोना कहरले देश कठिन अवस्था रहेको बेला कर्णाली प्रदेश सरकारले गहन जिम्मेवारी पुरा गर्नुपर्ने बताए।

अहिले क्वारेन्टाइनबनाएर सुरक्षा दिने व्यवस्था मिलाउनु पर्ने कंडेलले माग गरेका छन्। ‘क्वारेन्टाइनको सुरक्षा आवश्यकता रहेका छ।’ उनले भने,‘अहिले जहाँ क्वारेन्टाइनमा मान्छे राखिएका छन्। त्यहाँ सुरक्षा छैन्  जहाँक्वारेन्टाइनमा एक जना पनि छैन् त्यहाँ सुरक्षा कडा रहेको छ।’ बेलैमा सरकारले निर्णय गर्न नसक्दा समस्या आएको कंडेलले बताए। 

सरकारको काम सन्तोषजनक छैन

त्यस्तै, राप्रपा संसदीय दलकी नेतृ सोशिला शाहीले पनि सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाएकी थिइन्।कोरोना भाइरसको बढ्दो संक्रमणका कारण अधिवेशन सामाजिक दूरी कायम गरेर सञ्चालन गरिएको थियो।

सामाजिक दूरी कायम गर्न प्रदेशसभाका ४० सिट, दर्शकदीर्घा र सञ्चारकर्मीका लागि छुट्याइएका ४८ सिट पनि सांसदहरुलाई बस्ने व्यवस्था मिलाइएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.