बहिनी–ज्वाईंको उपचारका लागि काठमाडौं जाँदा देखिएको थियो कोरोना
बहिनी–ज्वाईंको उपचारका लागि काठमाडौं जाँदा देखिएको थियो कोरोना
दाङ : दाङका एक जनाले कोरोना जितेर अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । तुलसीपुर ४ का ४७ वर्षीय पुरुष डिस्चार्ज भएका हुन्। उनी बहिनी–ज्वाईको उपचारका लागि काठमाडौं गएको समयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखिएको ९ दिनपछि उनी निको भएका तुलसीपुर उपमहानगर कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनलाई जेठ २ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको पिसिआर परीक्षणमा लगातार ३ पटक रिपोर्ट नेगेटिभ आएको थियो।
उनलाई घरसम्म ल्याउने तयारी भइरहेको फोकल पर्सन केसीले जानकारी दिए । घरमा आएपछि करिब १ हप्ता भने घरकै क्वारेन्टाइनमा उनी बस्नुपर्ने हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।