पाँच बजे मन्त्रिपरिषद् बैठक

|

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको आगामी रणनीतिबारे जानकारी गराउन राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज साँझ साढे पाँच बजे राष्ट्रको नाममा सम्बोधन गर्नेछन्।  आजै पाँच बजे वालुवाटारमा मन्त्रिपरिषदको बैठक पनि बस्दैछ। 

प्रधानमान्त्रीको सम्बोधनमा भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबारेमा वार्ताबारे बोल्ने अनुमान गरिएको छ। त्यसैगरी फैलँदो कोरोना संक्रमणसँग जुध्‍ने रणनीति र थप राहत प्यााकेज पनि घोषणा हुन सक्ने अनुमान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.