६८२ संक्रमित, ज्यान गुमाउने ४

|

काठमाडौं : पहिलो कोरोना संक्रमण पुष्टि भएकी स्टाफ नर्स निको भएर घर फर्केकी छिन। कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स सोमबार घर फर्केको जिल्ला अस्पताल प्रमुख योगेन्द्र भगतले जानकारी दिए।

यससँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ११२ पुगेको छ। कपिलवस्तुकी नर्स अस्पतालको आइसोलेसन वार्डमा १४ दिन बसेर कोरोना परीक्षण गर्दा  नेगेटिभ रिर्पोट आएपछि स्टाफ नर्स आज घर फर्केकी हुन्। 

उनको जेठ १ गते र ४ गते गरिएको स्वाबको आरटी पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको भगतले बताए।

होम क्‍वारेन्टाइनमा बस्ने गरी अस्पतालबाट बिदा गरिएको उनले थाहाखबरलाई बताए।  जिल्लाका अन्य १० जना आइतबार राती कोरोना अस्पताल बुटवलबाट निको भएर आएको उनले जानकारी दिए।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ। त्यस्तै ४ जनाले ज्यान गुमाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.