विदेशबाट आउनेले रहरले कोरोना ल्याउँदैनन्

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकटको यो चुनौतीपूर्ण घडीमा जुध्न नसक्ने नेतृत्व फेरिन सक्ने बताएका छन्।

सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना महामारीले ल्याएको संकटबारे चर्चा गर्दै यस्तो अवस्थामा जुध्न नसक्ने नेतृत्व फेरिन सक्ने बताएका हुन्।

‘समयको चुनौतीसँग जुध्न नसक्ने नेतृत्व फेरिन्छ’, उनले भने, ‘कोरोना नियन्त्रणका लागि सबै निकायसँग जीवन्त सम्वाद गरिनेछ। कोरोनाविरुद्धको जारी युद्धलाई कमजोर बनाइनु हुन्न।’

उनले विदेशमा रहेका नेपाली घर फर्किन थालेको बताउँदै छिमेकी र नेपाली रहेका देशका प्रमुखसँग सम्वाद गरिरहेको पनि स्मरण गराए।

‘विदेशमा रहेका नेपालीहरु घर फर्किन थालेका छन्। मैले नेपाली रहेका राष्ट्र प्रमुखसँग सम्वाद गरेको छु। उहाँहरुले निश्न्ति रहन भन्नु भएको छ’, उनले भने, ‘विश्वका जुनसुकै कुनाका नेपालीलाई सहयोग गर्न सरकार तयार छ।’

ओलीले कसैले पनि आफ्नो इच्छा या रहरले कोरोना संक्रमण बोकेर नआउने पनि उल्लेख गरे। ‘कसैले पनि इच्छाले संक्रमण बोकेर आउँदैन। घर फर्किएकाहरुको आत्मसम्मानमा चोट पुग्नु हुँदैन’, उनले भने, ‘अफ्ठ्यारो बेलामा केही तत्व भ्रम फिजाएर आफ्ना स्वार्थ पूरा गर्न लागेका छन्। यस्ता तत्वहरुबाट सतर्क रहन आग्रह गर्दछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.