बहकावबाट सतर्क रहन आग्रह

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम फिँजाएर जनता भड्काउन खोजेको बताएका छन्। सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले यस्तो गुनासो गरेका हुन्। 

'अप्ठ्यारो बेलामा केही तत्वहरु जनतामा भ्रम फिँजाएर आफ्ना अलग स्वार्थ र उद्देश्यहरु पूरा गर्न सक्रिय हुन सक्दछन्', ओलीले भने 'यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्दत गैरजिम्मेवार तत्वहरुको बहकावबाट सतर्क रहन समेत आह्वान गर्दछु।'

ओलीले नेपालीहरु रहरले विदेशिएको नभइ बाध्यतामा परेको उल्लेख गरेका छन्। ओलीले कोरोना संक्रमण जोकसैलाई हुन सक्नेतर्फ पनि सचेत गराएका छन्। 

'हामी स्पष्ट हुनुपर्दछ, कोही पनि रहरले मात्र विदेशिएको हुँदैन। कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन', उनले भने, 'कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाको आत्मसम्मानमा चोट नपुगोस् भन्‍नेमा सचेत रहन म सबै देशवासीलाई आग्रह गर्दछु।'

घर फर्किएकाहरुलाई आफ्ना कारणले आफ्नो परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्‍नेमा सतर्क रहन पनि उनले अपिल गरेका छन्। चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमको पालना गर्न पनि उनले आग्रह गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.