|

अर्घाखाँची : प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणबाट अर्घाखाँचीको पाणिनी ८ कमला मावि क्वारेन्टाइनमा रहेका २ जना पुरूषमा कोरोना पोजेटिभ देखिएको छ। 

पाणिनी  ८ का १९ र ४३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। उनीहरू दुवै जना  जेठ २ गते भारतबाट आएका थिए। उनीहरूको स्वाब जेठ ९ गते पिसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको थियो। 

उनीहरूसँगै क्वारेन्टाइनमा बसेका अन्य ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। ती दुईलाई मंगलबार सन्धिखर्क आइसोलेसनमा ल्याइने बताइएको छ। अर्घाखाँचीमा किट अभावमा परीक्षणको दायरा फराकिलो हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.