|

काठमाडौं : सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ।

भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या २३ पुगेको हो। यसअघि कर्णालीमा ११ जनामा कोरोना संक्रमण देखिएकोे थियो।

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार बबई सुब्बाकुना र घण्टाघरस्थित क्वारेन्टाइनबाट लिइएका केही नमुनामध्येमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको होे।

उनीहरूको स्थायी ठेगाना खुलाइएको छैन। पछिल्लो समय भारतबाट कर्णालीमा दैनिक २ हजारभन्दा बढी नागरिक भित्रिरहेका छन। कर्णाली अन्य ६ वटा प्रदेशमा संक्रमण देखिँदा पनि शून्य संक्रमण थियोे । तर भारतबाट श्रमिक फर्किएसँगै कोरोना पनि ह्वात्तै बढ्न थालेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.