|
फाइल फाेटाे

काठमाडौं : रुकुममा तीनजना युवाको हत्या भएको घटनालाई लिएर एक सांसदले गृहमन्त्री रामबहादुर थापा (बादल) र पूर्व-गृहमन्त्री जनार्दन शर्मा (प्रभावकर)माथि गम्भीर आरोप लगाएका छन्।  आज संसदमा बोल्दै कांग्रेसका सांसद प्रकाश रसाइलीले दुई गृहमन्त्री मिलेर घटना तोडमोड गर्न लागेको आरोप लगाएका हुन्। 

कांग्रेसले उक्त घटनाबारे संसदमा गृहमन्त्री थापाको जवाफ माग गरिरहेको बेला सभामुख अग्निप्रसाद सापकोटाले शर्मालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरुले उठेरै विरोध जनाए। विरोध जनारहे पनि सभामुखले जनार्दन शर्मालाई संक्षिप्त कुरा राख्न आग्रह गरे। लगत्तै कांग्रेस सांसद रसाइलीलाई समय दिए। 

‘पूर्वगृहमन्त्री भएको कारणले उहाँलाई सूचना पनि होला। त्यो भोलि छानविनको क्रममा आउला। हामीले अहिले गृहमन्त्रीसँग केके जानकारी छ सांसदलाई जानकारी होस भनेका हौँ,’ रसाइलीले भने, ‘हामीलाई थाहा छ । दुईवटा गृहमन्त्री जाजरकोट र पश्चिम रुकुमका गृहमन्त्री मिलेर घटना कुन लेभलमा पुर्‍याउँदै छन्। हामीले पनि सूचना पाएका छौँ। तर, हामीले पहिले गृहमन्त्रीको जवाफ चाहेका छौँ। त्यसपछि के गर्ने हामीले पनि गर्छाैँ।’ 

उनले यस्तो भनिरहँदा जनार्दन शर्मा उठेर प्रतिवाद गरिरहेका थिए। सांसद रसाइलीले जाजरकोट र रुकुमका प्रशासनले गरेको छानविन मान्य नहुने पनि बताए। उनले यो घटना नेपालको हरेक विकासलाई चुनौती दिने घटना भएको पनि बताए। जनार्दनले भने रुकुममा यस्तो घटना हुनै नसक्ने भन्दै घटनाको ढाकछोप गर्दै छानविनको माग गरेका थिए। उनले भनेका थिए, ‘रुकुममा यस्तो छुवादुतको घटना हुन सक्दैन। घटनाको सत्यतथ्य छानविन गर्न राजवनीतिक दबाब हुन सक्दैन।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.