पाँचजना थपिएसँगै बारामा ४७ संक्रमित

|

बारा : क्वारेन्टाइनमा खटिएका बाराका दुईजना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाराको पचरौता नगरपालिकाको क्वारेन्टाइनमा खटिएका नेपाली सेनालाई संक्रमण पुष्टि भएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दिएको जानकारीअनुसार बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा क्वारेन्टाइनमा सुरक्षामा खटिएका ३५ र ३६ वर्षीय पुरुष र पचरौता नगरपालिका १ का ३० वर्षीय र ३५ वर्षीय पुरुष र वडा नम्बर २ का १९ वर्षीय पुरुष रहेका छन्।

भारतबाट आएका संक्रमित

संक्रमित तीनै जना पुरुष वैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए। गत जेठ ७ गते उनीहरूको सहित ५८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रजिअ पण्डितले जानकारी दिए। 

जिल्लामा संक्रमित ४७ पुगे

बारामा कोरना संक्रमितको संख्या ४७ पुगेको छ। मंगलबार ५ जना थपिएसंगै संक्रमितको संख्या बढेर ४७ पुगेको हो । बारामा एकको मृत्यु भएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हालसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १, कलैया

उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सुरक्षाकर्मी (नेपाली सेना) २ जना र पचरौता नगरपालिकामा ३ जनामा भेटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.