|

अर्घाखाँची : कपिलवस्तु नगरपालिका ४ मलपरवास्थित सुन्दर आधारभूत विद्यालयबाट भागेर घर गएकालाई पुनः क्‍वारेन्‍टाइनमा फर्काइएको छ। 

सोमबार राति साँढे ९ बजे भागेका ४२ जनालाई आज मंगलबार बिहान फर्काएर ल्याई क्‍वारेन्टाइमै राखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

स्वाब लगेको १४ दिनसम्म पनि कोरोना परीक्षणको रिपोर्ट नआउने र लामो समय क्‍वारेन्टाइनमा बस्दा पनि पिसिआर जाँचका लागि स्वाब लिन स्वास्थ्यकर्मी नआएपछि आक्रोशित हुँदै क्‍वारेन्टाइन छाडेर घर गएका उनीहरुले बताएका छन्। 

क्‍वारेन्‍टाइनमा बसेका उनीहरुको काेराेना नेगेटिभ रिपोर्ट भएकालाई मात्रै घर जान दिइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । रिपोर्ट केही दिनमा आउने उनले जनाए। 

क्‍वारेन्टाइनमा सुरक्षा व्यवस्था बलियो नहुँदा भागेर गएकाहरू परिवारसँग घुलमेल गरेको पाइएको छ। जसका कारणा सिंगाे गाउँ नै त्रसित बनेकाे छ। यसअघि जिल्लाको यशोधरा गाउँपालिकाको क्‍वारेन्‍टाइनमा बसेका ४५ जना पनि भागेका थिए। उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्‍वारेन्टाइनमा राखिएको थियो। 

क्‍वारेन्टाइनहरुमा मापदण्ड अनुसारका सुविधा नभएका र समयमा चेकजाँच नभएको भन्दै जनस्तरबाट समेत असन्तुष्टि बढ्न थालेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.