|

युरो कप फुटबल यो वर्षको जुन जुलाईमा हुने कार्यतालिका रहेको थियो। तर, कोरोना महामारीका कारण तोकिएको समयमा युरोकप भएन र प्रतियोगिता एकवर्षपछि धकेलियो। तर, आयोजक युरोपियन युनियन अफ फुटबल एसोसिएसन (युइएफए)ले ई–युरो कप आयोजना गरेको छ। पहिलोपटक आयोजना भएको प्रतियोगिताको च्यामिपयन इटाली बनेको छ। ई–स्पोर्टस फर्मयाटअनुसार भएको प्रतियोगितामा सर्वियालाई ३–१ ले पराजित गर्दै इटालीले उपाधि उचालेको हो।

प्रतियोगिता जितेसँगै इटालीले ४० हजार पाउन्ड करिब ६० लाख नेपाली रुपैयाँबराबर नगद हात पार्न सफल भयो। प्रतियोगिताका लागि १ करोड ५० लाख बढी खर्च गरिएको थियो। च्याम्पियनसिपमा युइएफएका सबै ५५ सदस्य राष्ट्रहरुले सहभागिता जनाएका थिए। प्रतियोगिताको फर्मयाट् युरोकपको तरह नै रहेको थियो।

पहिले क्वालिफिकेशन चरण थियो। त्यसपछि समूहचरण र त्यसपछि नकआउट फर्मयाटमा प्रतियोगिताको आयोजना गरिएको थियो। क्वार्टर फाइनलमा इटाली, सर्बियासँगै नेदरल्यान्ड, रोमानिया, स्पेन, इजरायल, फ्रान्स र क्रोएसियाले स्थान बनाएका थिए।

क्वार्टर फाइनल तथा सेमीफाइनल भिडन्त बेस्ट अफ थ्रीका आधारमा भएको थियो । सर्बियाले रोमानियालाई २–१ले तथा इटालीले फ्रान्सलाई २–० ले पराजित गर्दे फाइनलमा स्थान बनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.