|

अर्घाखाँची : अर्घाखाँची जिल्लामा पहिलो पटक सोमबार २ जना कोरोना सक्रमितका बिरामी फेला परेपछि मंगलबार दिउँसो सर्वपक्षीय बैठक बसि विभिन्न निर्णय गरेको छ।

जिल्ला प्रशासन  कार्यलयमा  प्रमुख  जिल्ला अधिकारी विजयराज पौडेलको  अध्यक्षतामा राजनीतिक दलका प्रमुख, स्थानीय निकायका प्रमुख, सुरक्षा  निकायका प्रमुखहरूको सर्वपक्षीय बसेको बैठकले फेला परेका कोरना सक्रमितलाई सन्धिखर्क १ मा रहेको युवावर्ष रविचित्र माबिमा आईसोलेशन निर्माण गरी उपचार गर्ने निर्णय गरेको हो।

मंगलबार बिहान संक्रमितलाई दाङको कोरोना अस्पालमा पठाउन तयार गरिएको भनिए तापनि दिउँसो सर्वपक्षीय बैठकले दाङ नपठाउने निर्णय गरेको छ।

त्यस्तै, बैठकले सीमापारि अलपत्र परेका जिल्लाबासीलाई बिहान ५ बजेदेखी बेलुका ५ बजे सम्म आउने अनुमती दिने, विभिन्न स्थानबाट आउने नागरिकलाई स्थानीय क्वारेन्टाइनमा  राख्ने, क्वारेन्टाइनमा रहेका र फन्टलाईनमा  रहेका व्यक्तिको  पिसिआर  चेक गर्नको लागि केन्द्रीय र प्रदेश सरकारको सिसिएमसिमा किट माग  गर्ने निर्णय गरेको छ।

साथै बैठकले जिल्लामा कोरोना भाइरस परीक्षण गर्न जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि सामाजिक मन्त्रालय प्रदेश ५ मा अनुरोध गर्नेसमेत निर्णय गरेको छ। स्वास्थ्य सामग्री सहयोग गर्ने विभिन्न संघ संस्था, व्‍यक्ति सबैलाई धन्यवाद दिँदै थप स्वास्थ्य सामग्री आपूर्ति गराउन प्रदेश सरकारलाई बैठकले माग गरेको छ।

सोमबार जिल्लाको पाणिनी ८ कमला माविमा क्वारेन्टाइनमा बसेका १९ र ४३ वर्षीय पुरूषमा कोरोना संक्रमित भएको पुष्टि भएको छ। उनीहरू अहिले पनि गाउँकै क्वारेन्टाइनमा रहेका छन्। उनीहरू जेठ २ गते पैदल हिँड्दै  भारतबाट आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.