|

गुल्मी : स्थानीय तह प्रमुख र राजनीतिक दलका प्रमुखहरु होम क्‍वारेन्टाइनमा बसेका जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ। 

भारतलगायत देशबाट फर्केकालाई कसरी व्यवस्थापन गर्नेबारे आइतबार जिल्ला समन्य समिति गुल्मीले सबै स्थानीय तहका प्रमुख र राजनीतिक दलसँग बैठक आह्वान गरेको थियो। 

गाउँपालिका अध्यक्षलाई नै कोरोना संक्रमण भएपछि सो बैठकमा सहभागी सबैलाई होम क्‍वारेन्टाइनमा बस्न आग्रह गरिएको र आफू पनि होम क्‍वारेन्टाइनमै रहेको जिसस प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिए। 

अहिले सो बैठकमा सहभागी सबै गाउँ नगरपालिकाका प्रमुख, दलहरु र गाउँपालिका, नगरपालिकाका चालकहरु पनि होम क्‍वारेन्टाइनमा रहेका बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.