पछिल्लो ३ दिनयता पर्सामा मात्रै ९१ जना निकाे भए

|

काठमाडौं :  वीरगन्जकाे गण्डक अस्पतालको आइसोलेसन वार्डमा रहेका ३० कोरोना संक्रमित मध्ये २१ जना संक्रमित साेमबार साँझ डिस्चार्ज भएका छन्। निको हुने संक्रमितमा १६ पुरुष ५ महिला छन्। 

पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार संक्रमित सबै पर्साका हुन्। डिस्चार्ज हुने पुरुषमा  ३५ वर्षीय प्रकाश सर्राफ, अढाइ वर्षीय रोहित सर्राफ, १० वर्षीय मोहित सर्राफ, १३ वर्षीय सौरभ चौरसिया, ३२ वर्षीय निरब अलि अन्सारी, १६ वर्षीय वसिम अन्सारी, ३५ वर्षीय अविर हुसेन, ३५ वर्षीय युसुफ हुसेन, २७ वर्षीय राहुल गुप्ता, ५५ वर्षीय विकल महतो, ७४ वर्षीय ध्रुव यादव, ५५ वर्षीय राम अयोध्या, २३ वर्षीय र्फाज हुसेन, २५ वर्षीय रियाज अन्सारी, २४ वर्षीय शेख इमरान, ६२ वर्षीय  फैजल करिम छन्।

त्यसैगरी, डिस्चार्ज हुने महिलामा २६ वर्षीया मनिषा देवी, २८ वर्षीया जैनव  खातुन, ६० वर्षीया सायरा खातुन, २२ वर्षीया कृपा लामा, ४५ वर्षीया जैतनु निशा डिस्चार्ज भएका हुन्।

पछिल्लो ३ दिनयता पर्साकाे नारायणी र गण्डक अस्पतालको आइसोलेसन वार्डबाट ९१ जना काेराेना संक्रमित निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.