गुल्मी : लकडाउनका समयमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्दै आएका खाद्यान्न पसल जेठ २० सम्म खोल्न नपाइने भएको छ।
सोमबार धुर्कोट गगाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गुल्मी उद्योग वाणिज्य संघले विज्ञप्ती जारी गर्दै जेठ १४ देखि जेठ २० सम्मका लागि सबै व्यवसायहरु बन्द गर्ने निर्णय गरेको हो।
गुल्मीमा भारतबाट भित्रिनेको संख्या बढ्दै गएको र उच्च सर्तकता अपनाउनु आवश्यक भएकाले जिल्लाभित्रका सम्पूर्ण व्यापार व्यवसायहरु बन्द गर्ने निर्णय गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए। यस्तै, खाद्यान्न बोक्ने ढुवानीका साधानहरु पनि सञ्चालन नगर्न व्यबवसायीहरुलाई आग्रह गरिएको भलामीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।