|
फाइल फोटो

डडेल्धुरा : धनगढीस्थितसेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एकजनाको मृत्यु भएको छ। 

कैलालीको गौरीगंगाका ५० वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पुष्टि गरे। ‘उहाँ भारतबाट फर्किनु भएको रहेछ। कोरोनाको आशंकामा हिजो साझ अस्पताल भर्ना हुनुभएको थियोे।’ उनले भने, ‘उहाँमा अन्य समस्या पनि थियो।’

बुधबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए। ‘उहाँको बिहान मृत्यु भएको हो। हिजो अस्पताल ल्याएपछि मुखबाट फिँज फाल्दै हुनुहुन्थ्यो पछि ठीक भएको थियो।’ उनले भने ‘तर बिहान बाथरूमबाट फर्किएपछि उहाँको मृत्यु भयो।’

उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए। उनका अनुसार हाल ६ जना कोरोना संक्रमितसहित ८ जना सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.