कोभिड-१९ {अपडेट}

बर्दियाकाे क्‍वारेन्टाइनमा रहेका एक पुरुषकाे मृत्यु

जेठ १४, २०७७

    बर्दिया : गुलरिया नगरपालिकास्थित बबई क्याम्पसमा रहेको क्‍वारेन्टाइनमा बसेका ५५ वर्षीय एक पुरुषको ज्यान गएको छ। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार ती पुरुषको हृदयघातका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। 

    मृतकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए। मृतक दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ।

    उनकाे स्वाब परीक्षण गर्ने तयारी थियो। उनको कसरी ज्यान गयो र कहाँबाट आएको हो भन्ने विषयमा थप बुझिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलालाल लामिछानेले बताएका छन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]