|
कपिलवस्तु महाराजगंज नगरपालिका १ जानकी माविमा सञ्‍चालित आइसोलेसन सेन्टर

कपिलवस्तु  : विद्यालयको कक्षा कोठाभित्र पी फर्म राखिएको छ। पी फर्ममा राखिएको एउटा विस्तारा। विस्तरासँगै छ एउटा बाल्टी जग र साबुन। कोरोना संक्रमितको उपचारको निर्माण गरेको कपिलवस्तुको एक आइसोलेसन सेन्टरको अवस्था हो यो।

कपिलवस्तुको महाराजगञ्‍ज नगरपालिकाले मंगलबार साँझबाट यही कोठामा कोरोना संक्रमितलाई राखेर उपचार गराउने हो। लक्षण नदेखिएका बिमारीलाई  एउटा कोठामा आठ सेट राखिएको छ। भारतीय दूतावासले निर्माण गरेको भवनमा अहिले १७० वेडको यस्तै आइसोलेसन निर्माण भएको छ।

नगरपालिकाले-१ मा रहेको जानकी माविको भवनमा मंगलबार आइसोलेसन सेन्टर निर्माण गरेको छ। उक्त सेन्टरमा २ सयजना राख्‍न मिल्‍नेगरी विस्तार गरिने बताइएको छ।

बेड नपुगेपछि यसो गर्यौँ

सेन्टरमा खानाको पनि व्यवस्था हुनेछ। केही स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत खटाइने छ। वेडको अभाव भएपछि पी फर्म राखेर संचालन गरेको महाराजगंज नगरपालिकाका स्वास्थ्य संयोजक राधेश्याम जयसवालले बताए। अहिले ९ जना कोरोना संक्रमित राखिएको छ।

मागेको दुई दिनभित्र बेड पुर्‍याउँछौँ

सर्जिकल सामग्रीका बिक्रेतालाई सम्पर्क गर्दा बेडको कुनै अभाव नभएको बताउँछन्। कुनै निकायले माग गरेको २ दिनभित्र पुर्‍याउन सकिने मेडिकल सर्जिकल बुटवलका संचालक वीरेन्द्र श्रेष्ठले बताए।

बजेट अभावले व्यवस्थापन गर्न सकेनौँ

नगरप्रमुख अब्‍दुल कलाम खाँले नगरपालिकामा बजेटको अभाव भएको कारण उचित व्यास्थापन गर्न नसकिएको बताए। ‘योजनामा रहेको रकम ठेक्का भई काम सुरु भएको छ। बचेको पैसा खर्च भइसक्यो। जे जति सकिन्छ त्यही गर्छौं। संघीय र प्रदेश सरकारबाट केही सहयोग भएको छैन। मिलेर काम गर्ने वातावरण भए नमुना बनाउन सकिन्छ’ उनले भने।


जेनतेन गरेर बनाएको आइसोलेसन सेन्टर मंगलबार साझ नगरपालिकाका  मेयर अव्दुल कलाम खा र प्रदेश नं. ५ सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले हतारहतार समुदघाटनसमेत गरेका छन्। यो स्थान सामाजिक विकास समितिका अध्यक्ष पाण्डेको गृह नगरसमेत हो। 

यस्तोबेला राज्यले लगानी गर्न लोभ गर्न नहुने तौलिहवा चेम्वर अफ कर्मसका अध्यक्ष गोपीकृष्ण शर्मा बताउँछन्।

कस्तो हुनुपर्छ त क्‍वारेन्टाइन?

सरकारी मापदण्डअनुसार क्‍वारेन्टाइन भन्नाले, ‘कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्याई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने ठाउँ हो।’

क्‍वारेन्टाइनमा शौचालय सहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको तथा  विद्युत, पानी राम्रो भएको हुनुपर्छ।

मुख्यगरी  कोठाको व्यवस्थापन प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने र क्‍वारेन्टाइनस्थलमा स्वास्थ्य सामग्री सहितको प्रतिसय जनाका व्यक्ति क्‍वारेटाइन बसेको ठाउँमा एकजना मेडिकल अधिकृत स्वास्थ्य परिचारिका एक, पायारामेडिक एक, ल्याब टेक्निसियन हुनुपर्नेछ।

जसमा २४ सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गनुपर्ने मापदण्डमा उल्लेख भए पनि हाल बनाइएका धेरैजसो क्‍वारेन्टाइन सरकार आफैँले बनाएको मापदण्डविपरीतका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.