|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृकाप्रसाद यादवले सरकारमै रहेको पार्टीको मान्छे भएकोले धेरै बोल्न ठीक नभएको बताएका छन्। 

पूर्व उद्योगमन्त्रीसमेत रहेका उनले नबोली नहुने भएको भन्दै बुधबारको संसद बैठकमा ठट्टा गरेका छन्। उनले सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको विषयमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्।

‘कोरोनाले विश्‍व नै चपेटामा परेको छ। हाम्रो व्यवस्थापन भैपरी आउने व्यवस्थापन हो। दीर्घकालिन योजना चाहिएको छ,’ उनले भने, ‘हुन त हामी सरकारकै पार्टीका मान्छे पर्‍यौं। धेरै बोल्नु पनि धेरै ठीक हुँदैन तर नबोली पनि नहुने भएको छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.