कञ्चनपुर : क्वारेन्टाइनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका ७ का वडाध्यक्षको थ्रोट स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थापनको कार्य हेर्न गएका वडाध्यक्ष राना कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासि बेहास भई मृत्यु भएका थिए। राति नै रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो।
कोरोना भए/नभए यकिन गर्न मृतक रानाको स्वाबको नमुना लिइएको थियो। अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार रानामा कोरोना नभएको पुष्टि भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।