|

काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ५६ हजार ८ सय ४० पुगेको छ। 

अमेरिकामा पछिल्लो पटक फेरि मृत्युदर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा मृत्यु हुनेको संख्या एक हजार पाँच सय पुगेको छ। अमेरिकामा हालसम्म ज्यान गुमाउनेको संख्या एक लाख २ हजार एक सय नौ रहेको छ।

अमेरिकामा हालसम्म १७ लाख ४५ हजार आठसयमा कोरोनाको संक्रमण देखिएको छ। अमेरिका पछि ब्राजिलमा यसको संक्रमण भयावह हुँदै गएको छ। त्यहाँ हालसम्म चार लाख ११ हजार ८ सय २१ जनामा संक्रमण देखिएको छ। त्यस्र्तै त्यहाँ २५ हजार ५ सय ९८ जनको ज्यान गइसकेको छ। ब्राजिलमा एकै दिन एक हजार ४९ जनाले ज्यान गुमाएका छन्। 

ब्राजिल पछि रुसमा पछिल्लो समय यसको संक्रमण तीब्र रुपमा फैलिँदै गएको छ। रुसमा हालसम्म ३ लाख ७० हजार ६ सय ८० जनामा संक्रमण देखिँदा ज्यान गुाउनेको संख्या भने ३ हजार ९ सय ६८ मात्र रहेको छ। 

स्पेनमा कोरोना नियन्त्रणमा आउँदै गएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ५ सय १० जनामा संक्रमण देखिँदा एक जनाको मात्रै ज्यान गएको छ।  बेलायतमा भने एकै दिनमा ४ सय १२ जनाले ज्यान गुमाएका छन। त्यहाँ संक्रमितको २ हजार १३ थपिएका छन्। 

छिमेकी देश भारतमा विगत २४ घण्टामा सात हजार २ सय ९३ बिरामी थपिँदा एक सय ९० जनाको ज्यान गइसकेको छ। भारतमा हालसम्म चार हजार पाँच सय ३४ जनाको मृत्यु भएको छ भने एक लाख ५८ हजार ८६ जनामा संक्रमण देखिएको छ। 

विश्वभर कोरोनाका संक्रमित ५७ लाख ८१ हजार ७ सय ६० रहेको छ भने २४ लाख ९४ हजार ६ जना निको भएका छन्।  विश्वमा ५२ हजार भन्दा धेरै मानिसको अवस्था गम्भीर रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.