|

पर्सा : वीरगञ्‍जको गण्डक अस्पतालमा उपचारार्थ ९ कोरोना संक्रमितमध्ये पुनः ४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। नारायणी अस्पतालको कोरोना बिशेष (अस्थायी) अस्पतालका रुपमा रहेको गण्डक अस्पतालबाट पुनः ४ संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भएका हुन्।

मंगलबार साँझ पनि गण्डक अस्पतालबाट एकै पटक २१ जना संक्रमित ठिक भएर डिस्चार्ज भएका थिए। वीरगञ्‍जको नारायणी र गण्डक अस्पतालमा उपचारार्थ कुल १०२ जना संक्रमित मध्ये गएको जेठ १० गते यता मात्र ९५ जना ठिक भएर डिस्चार्ज भइसकेको नारायणी अस्पतालले जनाएको हो।

एक हप्तामा नारायणीबाट ७० र गण्डकबाट २५ डिस्चार्ज

लगातार दुई पटक सम्म संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ( मेसु ) डा. मदन कुमार उपाध्यायले बताए। चालु हप्तामा मात्र वीरगञ्‍जको नारायणी अस्पतालबाट एकै पटक एक नर्स सहित ७० जना र नारायणीकै अस्थायी नामले संचालित गण्डक अस्पतालबाट मंगलबार र बुधबार गरी २५ जना निको भएपछि डिस्चार्ज गरिएको उनको भनाइ छ। नारायणी अस्पताल भने संक्रमित नभएपछि डिसिन्फेन्ट पनि भइसकेको छ।

अहिले ५ जना मात्र बिरामी

पर्साको कोरोना अस्पतालमा उपचार गराउनेहरु मध्ये अब जम्मा ५ जना मात्र अस्पतालमा रहेका छन्। कुल यहाँ उपचार गराउने १०२ जना संक्रमित मध्ये रौतहटका एक युवक र सुरुमा कोरोना पुष्टि भएका एक भारतीय जमाती पुनः अस्पतालमा भर्ना गर्न परेको थियो।

उपचारार्थ रहेका र डिस्चार्जको संख्या जोड्दा १०४ देखिए पनि व्यक्ति भने वीरगञ्‍जमा अहिलेसम्म उपचार गराउनेको संख्या १०२ मात्र रहेको नारायणी अस्पतालका चिकित्सकहरुले बताए। दुई जना व्यक्तिलाई दुई पटक डिस्चार्ज गर्दा यस्तो देखिएको हो तर व्यक्ति भने अहिलेसम्मका १०२ मात्र हो उनीहरुले भने।

वीरगञ्‍जमा २ महिनाको शीशुमा कोरोना देखिए पनि यहाँ उपचार गराउने सबैको अवस्था सामान्य रहेको र सबै निको हु हुँदै गएकोले हामी भाग्यमानी रहेको पनि नारायणी अस्पतालका चिकित्सकहरुको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.