|

काठमाडौं :  नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी (नेविसंघ)ले रुकुम घटनाका दोषीलाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरेको छ। बिहीबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्दै नेविसंघले पिडित पक्षलाई न्याय दिन सरकारलाई दबाब दिएको हो। 

नेविसंघले सरकार र सरकारमा रहेको पार्टीका केही नेताले घटनाका दोषीलाई नै समर्थन गरेको आरोप पनि लगाएको छ। विरोध सभालाई सम्बोधन गर्दै नेविसघका महासचिव दीपक भट्टराईले भने, ‘वर्तमान सरकारका मान्छेहरु नै घटनाका दोषीहरुलाई उन्मुत्ति दिने खेलामा लागेको पाइयो। यो हामीलाई कदापि मान्य हुँदैन।’ 

यो घटनाले नेपाली समाजको शान्ति सद्भाव नै खलबलिएको भन्दै नेविसंघले तत्कालै दोषीहरुलाई कारबाही गरी पिडितलाई न्याय दिन आग्रह गरेको छ। नेविसंघले घटनाको सुक्ष्म अध्ययन गर्न पनि सरकारलाई आग्रह गरेको छ। ‘हिजो भोट चाहिँदा दलित चाहिने, सत्तामा पुगेपछि न्याय नदिने?’ महासचिव भट्टराईले भने। 

विरोध प्रदर्शनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, संविधान सभा सदस्य राजीवविक्रम शाह र नेविसंघ नेतृ पम्फा गान्धारीले पनि सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.