म्याग्दीमा पनि भेटिए संक्रमित

|

पर्वत : बिहीबार साँझ म्याग्दीका एक पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोभिड १९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १७ पुगेको छ।

कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद बिन्दु शर्माले यसको पुष्टि गरेका हुन्। 

उनका अनुसार ५ जनाको जिल्ला अस्पताल स्याङ्जामा, ६ जनाको धौलागिरी अस्पताल बागलुङमा, नवलपुर जिल्लाका ३ जनाको कोरोना अस्पताल भरतपुरमा र पछिल्लो पटक भेटिएका म्याग्दीका ३० वर्षीय युवकको बेनी अस्पतालमा उपचार भइरहेको छ।

सङ्क्रमितमध्ये बागलुङमा ६ जनाको उपचार भइरहेको २ जना महिला निको भएपछि डिस्चार्ज भइसकेका छन्। कोभिड-१९ को सङ्क्रमण छ वा छैन भनी पत्ता लगाउन गण्डकी प्रदेशमा कुल १० हजार ९ सय २५ ओटा नमुनाको परीक्षण गरिएको छ। 

प्रवक्ता डा. शर्माका अनुसार पिसिआर परीक्षणको सङ्ख्या २५ सय ६९ रहेको छ भने ८३ सय ५६ जनाको आरडिटी गरिएको छ। पिसिआरमार्फत गरिएका परीक्षणमा २४ सय ७४ नमुनाको रिपोर्ट आइसकेको छ भने ७९ नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.