|

बर्दिया : बर्दियामा बिहीबार फेरी थप ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। बर्दियाको राजापुर नगरपालिका-६ महुवाका २९ वर्षीय पुरुष, वडा नम्बर ७ शंकरपुरका ३४ वर्षीय पुरुष र वडा नम्बर ९ बनियापुरका ३० वर्षीय पुरुषमा गरि ३ जनामा कोरोना पुष्टि भएको हो।

भारतबाट आएका संक्रमित तीनैजना राजापुर नगरपालिका-४ मा रहेको अमर शहिद दशरथचन्द माध्यामिक विद्यालय राजापुरमा रहेको क्वारेन्टाइनमा बसिरहेका थिए।

उनीहरुलाई भर्खरै मात्र राजापुरमा निमार्ण गरिएको आइशोलेशन कक्षमा राखिएको राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद थारुले जानकारी दिए।
 
बिहीवार ३ जना थपिएसँगै बर्दियामा कोरोना संक्रमितको संख्या १० पुगेको छ। छिमेकी मुलुक भारतबाट घर फर्किनेहरु बढेसँगै बर्दियामा कोरोना सङ्क्रमित बढ्न थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.