|

काभ्रे : जिल्लाको बनेपा नगरपालिका-७ स्थित तरकारी बजारमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ५ जना घाइते भएका छन्। घरको ३ तल्लामाथि ग्यास चुहिएर आगलागी हुँदा रत्‍न कुमार ठकुरीको परिवार घाइते भएको हो । 

आगलागीबाट ठकुरीसँगै २६ वर्षीया रुकेश साह ठकुरी, २४ वर्षीया सोफी ठकुरी, १६ वर्षीय आयुश ठकुरी, १४ वर्षीय अनिश ठकुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार आगलागीबाट ठकुरीका १८ महिनाकी छोरी रतना  ठकुरी पनि घाइते भएकी छन्। 

पेट, निधार, अनुहार र हातमा चोट लागेका उनीहरूलाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको थियो । तर अस्पतालले घाइते सबैलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरेको डिएसपी थापाले थाहा खबरलाई बताए ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.