प्रहरीको गाडी पनि तोडफोड

|

रौतहट : रौतटहको इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा शुक्रबार बिहान स्थानीय  र प्रहरी बिच झडप भएको छ ।

इशनाथ नगरपालिका वाड नं. ७ जोकाहामा स्थानीय र प्रहरीबीच झडप भएको हो। जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि तनाव भएको हो। 

तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेका थिए।

त्यसपछि भएको तनावले झडपको रुप लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आक्रोशित स्थानीयले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.