समाज

रुकुममा दलित युवाहरुको हत्याविरुद्ध झापामा प्रदर्शन

जेठ १६, २०७७

    दमक, झापा : अन्तरजातीय विवाहका कारण रुकुमपश्चिमको चौरजहारीमा दलित समुदायका ६ जना युवाको हत्या गरिएको भन्दै झापाका दलित अगुवाहरुले प्रदर्शन गरेका छन्।

    विभिन्‍न संघ संस्थाका प्रतिनिधि तथा दलित अगुवाहरुको अगुवाईमा दमकमा लकडाउन छिचोल्दै प्रदर्शन गरिएको हो। जुलुशमा सहभागीहरुले जातिय विभेदका आधारमा जघन्य अपराध भएको भन्दै संलग्न सवैलाई हदै सम्मकोा कारवही माग गरे। 

    जुलुशपछि दमकको गणतन्त्र चोकमा भएको कोण सभामा नेपाल मानव अधिकार संगठनका केन्द्रीय महासचिव डा. केपी सुवेदी, नेपाल मानवअधिकार प्रतिष्ठान झापाका अध्यक्ष डा. नवीन चापागाँई, दमक  नगरपालिका कार्यपालिका सदस्य टीकाराम बयलकोटी, नगरपालिका न्यायीक समिति सदस्य मीना विश्वकर्मा, दलित अगुवा हरी दर्जी लगायतले बोलेका थिए।

    उनीहरुले कानुनीरुपमा दण्डनीय र मानवीयरुपमा कलंकित जातिय विभेद गरि दलित युवाहरुको सामूहिक हत्या हुँदा पनि छानविन प्रकृया सुस्त भएको भन्दै आक्रोश पोखे। 

    कांशी खातीको सयोजकत्वमा नवराज विश्वकर्मा हत्याविरुद्ध संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रिएका हुन्। जुलुश र कोणसभापछि प्रदर्शनका  अगुवाहरुले ईलाका प्रशासन कार्यालय दमकमा पुगेर गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन्। 

    समितिले ५ सुत्रीय माग अघि सार्दै संसदीय छानविन समिति गठन, पीडित परिवारलाई न्याय र राहत, भयमुक्त समाजको निर्माण तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको कार्यान्वयन गर्न माग गरेको छ। 

गोपाल झापाली

झापाली थाहा खबरका झापाको दमकस्थित समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]