स्थानीयको अवरोधले क्‍वारेन्टाइन बनेनन्, स्वास्थ्यकर्मी पुगेनन्

|

कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिकाका २४ जना कोरोना संक्रमित आइसोलेसन वार्ड नहुँदा विद्यालयमा अलपत्र परेका छन्। भारतसँगको सीमा जोडिएको गाउँपालिकाले आइसोलेसन वार्ड निर्माणमा चासो नदिँदा उनीहरु अलपत्र परेका हुन्। 

जिल्ला प्रशासन कार्यालयमा प्रदेश मन्त्रीसहित बैठकले सदरमुकाम तौलिहवामा ५० वेडको आइसोलेसन वार्ड बनाउने निर्णय गरे पनि सञ्चालन नआउँदा अलपत्र परेका हुन्। 

वडा नम्बर ११ मा रहेको जहदी स्वास्थ्य चौकीमा क्वारेन्टाइन बनाउन नगरपालिको सामग्रीसमेत राखेको थियो। तर बाहिरबाट संक्रमित आउने थाहा पाएपछि त्यहाँका स्थानीयले स्वास्थ्य चौकीमा तालाबन्दी गरेका थिए। 

यशोधरा गाउँपालिका वडा नं १ तितिर्खी नेरा माविमा अहिले १२ जना संक्रमित राखिएको छ। वडा नं २ भडेहरमा ७ जना कोरोना संक्रमित अलपत्र परेका छन्।यसैगरी वडा नं ८ सिंहखोरको नेपाल राष्ट्रिय माविमा ५ कोरोना संक्रमित छन् । उनीहरु जुन क्वारेन्टाइनमा बसेका थिए त्यहीँ छन्। अहिलेसम्म स्वास्थ्यकर्मीसमेत त्यहाँ पुगेका छैनन्।

नगरपालिकाले अनिरुद्ध माविमा उनीहरुलाई अलग राख्ने तयारी गरेको छ। आज शुक्रबार साँझसम्म व्यवस्थापन गर्ने तयारी भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्वतिप्रसाद दुवेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.