|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले बजेर समय सान्दर्भिक भएको बताएका छन्।  उनले थाहाखबरसँगको संक्षिप्त कुराकानीको क्रममा यस्तो बताएका हुन्।

'बजेट समय सान्दर्भिक आएको छ। अब कार्यान्वयनमा जोड दिनुपर्छ', उनले भने, 'बजेटले अहिलेको अवस्थामा कोरोना माहामारी नियन्त्रणमा प्राथमिकता दिएको छ।'

अहिलेको प्राथमिकताका अनुसार सरकारले कोरोना नियन्त्रणलाई प्राथमिकता दिएको छ।  सरकारले अन्य क्षेत्रमा पनि बजेट सक्दो मिलाएर ल्याएको उनले बताए। विकास निर्माण, कृषि, पर्यटनलगायत सबै क्षेत्रमा सरकारले पर्याप्त बजेट ल्याएको उनले जिकिर गरे।

बजेट परम्परागत आएको र विश्‍वभर फैलिएको कोरोना नियन्त्रणमा सरकार गम्भीर नभएको प्रतिपक्षी दलको आरोप छ नी? भन्‍ने प्रश्‍नमा उनले भने, 'प्रतिपक्षीको काम नै विरोध गर्ने हो। तर सरकारले प्राथमिकताको आधारमा बजेट ल्याएको छ। बजेटमा खोट लगाउने ठाउँ छैन।'
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.