|

काठमाडौ : नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ। प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीकाअनुसार युनियन कार्यसमितिले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो। 

‘हामीले जिल्लामा सक्रिय रहेका २ सय ६० जना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौँ।’ फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याइएको उनले बताए। 

एक सय ५० जना सञ्चारकर्मीको आईएमी जनरल इन्स्युरेन्सले बीमा गरेको र बाँकी एक सय १० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको हो। कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बताए। 

कोरोना बीमा व्यवस्थापन समितिका सदस्यहरु निशान चौधरी, उषाकिरण घिमिरेलेलगायतले शुक्रबार आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको पोलेसीबारे समन्वय गरेका थिए। 

हिजो नै १ सय १० जनाको बीमा वापतको रकमको चेक हस्तान्तरण गरिएको छ। शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि आह्वान गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.