५३ जिल्लामा पुग्यो कोरोना

|

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १४०१ पुगेको छ। शनिबार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका छन्।

शनिबार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन्। 

प्रवक्ता देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका छन्। जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका छन्।

त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी छन्। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका छन्। 

प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका छन्। जसमा २६ जना कपिलवस्तुको यशोधराका रहेका छन्। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सप्तरीका रहेका छन्। जसमा ८ पुरुष र एकजना महिला रहेका छन्। 

राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा दाङ गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जहाँ विजयनगर कपिलवस्तुका ३ जना रहेका छन्। त्यस्तै हापुरे दाङका १ जना ३० वर्षीय पुरुष संक्रमित भएका छन्। बगलाचुली दाङका ३ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको छ। 

नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीनजना संक्रमण पुष्टि भएको छ। त्यहाँ बाराका १ जना पुरुष र पर्सा पर्सौनीका २ जनामा संक्रमण पुष्टि भएको छ। पर्साका एक पुरुष र एक महिला संक्रमित भएका हुन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबैजना दैलेखमा रहेको देवकोटाले बताए। कोशी अस्पताल बिराटनगरमा २ जनामा पुष्टि भएको छ। संखुवासभाका दुई पुरुषमा कोरोना देखिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.